'प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सहयोग माग्ने कुरा पहिलो प्राथमकिता'
फाइल फोटो
काठमाडौँ - सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउनुको विकल्प नरहेको बताएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कुरामा विदेशी निकायहरुको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताए । उनले शान्ति प्रक्रिया एक हिसाबमा सफल भइसके पनि निस्कर्षमा पुर्याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गरे । उनले प्रधानमन्त्रीको अम्ोरिका भ्रमणमा मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौँ भनेर विश्व समुदायलाई अपिल गर्नेे काम मुख्य प्राथमिकतामा रहेको बताए । उनले शान्ति प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पुर्याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताए । उनले खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भइरहेको बताए ।
उनले भने, ‘भ्रमणमा प्रधानमन्त्रीले मुख्य कुरा शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया भनेको यो नेपालको मौलिक चार चोटिसम्म निर्वाचन भइसकेपछि एक प्रकारले भन्यो भने कानुनले निश्चित गर्न मात्रै बाँकी हो की त्यो शान्ति प्रक्रिया त सफल भइसक्यो । शान्ति प्रक्रिया सुरु भइसकेपछि चार वटा निर्वाचन भइसके । यो धेरै ठूलो सफलता हो । तर फेरि यति ठूलो सफलता हुँदा हुँदै पनि सेना समायोजन भइसक्यो, अरु काम भइसके । तर पनि यसलाई निस्कर्षमा पुर्याएर एक प्रकारले घोषणा गर्न बाँकी छ । त्यो घोषणा गर्न विभिन्न खेलहरु भइरहेका छन् । विभिन्न समस्या आइरहेका छन् । यसलाई निष्कर्षमा पुर्याउन मुख्य राष्ट्रिय परिस्थिति नै अनुकूल बनाउनु पर्छ । त्यसमा अन्तर्राष्ट्रिय समुदायको पनि धेरै महत्वपूर्ण भुमिका हुन्छ । यस कारण उहाँले यहाँ गर्नुपर्ने कामको प्रतिवद्धता जनाउनु हुनेछ, दोस्रो विश्व समुदायलाई हामीले मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौँ भनेर विश्व समुदायलाई अपिल गर्नुहुनेछ । यसको निस्कर्षमा पुर्याउन र टुंगोमा पुग्यो भनेर घोषणा गर्नका लागि तपाईहरुको सहयोग चाहिन्छ भनेर अपिल गर्नुहुनेछ । शान्ति प्रक्रिया टुंगोमा पुर्याउन त साझा समस्या, राष्ट्रिय समस्या हो नि । कुनै पार्टी र सरकार विशेषको, नेता विशेषको होइन । यो त ६२ देखि ८० १८ वर्ष लागिसक्दा पनि निस्कर्षमा पुर्याउन नसक्नु राष्ट्रिय रुपमा कमजोरी हो । त्यसैले यसलाई हर हालतमा टुंग्याउनु पर्छ भनेर यसलाई १ नम्बरमा राखेर गरेका छौँ । प्रधानमन्त्रीज्युले सबैभन्दा धेरै समय यसमै खर्च गर्नुभएको छ । खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा एमाले र अन्य सबै दलहरूसँग सहमति गरेर जाने कोशिश भइरहको छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुको विकल्प छैन ।’
माओवादीले सरकारले थालेका भ्रष्टाचारीविरुद्धका, मिटरब्याजीलाई कारबाही गर्ने, सुन प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणका विषयहरू टुंगोमा पुर्याउन दबाब दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया