दल

बिपीको विचारलाई मूर्ति झैँ पूजा मात्रै गर्नु बिपीमाथिको ठूलो अन्याय होः महामन्त्री थापा

इकागज |
भदौ ३०, २०८० शनिबार १८:५८ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताएका छन् । 

शनिबार बिपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बिपीलाई महामानव भन्दै गर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको बताए । उनले महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय हुने उल्लेख गरे । उनले बिपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गरेको उल्लेख गरे । उनले बिपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु बिपी माथिको अन्याय भएको बताए । उनले यसको प्रायश्चितमा काँग्रेसले यस पटक केन्द्रीय कार्यालयमा बिपी महोत्सव आयोजना गरेर बुझाएको बताए । 


उनले भने, ‘महामानव भन्दै गर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरु खोज्नुपर्छ । महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय हो । बिपी मान्छे हो, मान्छे भित्रका कुरा हामीले बुझ्नुपर्छ । बिपीले म मान्छे हुँ भनिरहनुभएको छ । मलाई मान्छे जसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ । तर मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छे भन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छाँै, त्यो अन्याय हो । त्यो अन्याय गरेको कुराबाट हामीले बाहिर निकाल्नुपर्छ । यसको प्रयास यसपटक नेपाली काँग्रेसको प्राङ्गणमा बिपी महोत्त्सव भनेर छलफल गरेका छौँ ।’

महामन्त्री थापाले सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री भएपनि नैतिक शक्ति र नेता छ की छैन भन्ने प्रश्न खडा भएको बताए । 


Author

थप समाचार
x