दल

बिपी साहित्य महोत्सवकोे स्थगित कार्यक्रम असोज ३ मा हुने

इकागज |
असोज १, २०८० सोमबार १३:३९ बजे

काठमाडौँ– नेपाली कांग्रेसले आयोजना गरेको बिपी साहित्य महोत्सवको स्थगित कार्यक्रम असोज ३ गते हुने भएको छ ।

 बिपी साहित्य महोत्सवको  दुई दिनको कार्यक्रम सकिएपछि भएपछि संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण स्थगन भएको थियो । 


सोही स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र २६ गते) को कार्यक्रम संविधान दिवसको अवसरमा हुने कांग्रेसले एक विज्ञप्ति मार्फत जनाएको छ ।

 उक्त दिनको कार्यक्रममा बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी, बिपीको विचार, आजको संविधान र अबको बाटो लगायतका विषयमा सम्भाषण एवम् छलफल हुने जनाइएको छ । 



Author

थप समाचार
x