दल

कांग्रेस कस्तो बन्ने ? को बन्नेभन्दा महत्वपूर्ण प्रश्न समाजको असन्तुष्टि हो : विश्वप्रकाश शर्मा

इकागज |
असोज २, २०८० मंगलबार १२:५९ बजे

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले कांग्रेस कस्तो बन्ने ? कांग्रेमा को बन्ने भन्दा बढी महत्वपूर्ण प्रश्न  समाजको असन्तुष्टि रहेको बताएका छन् । मंगलबार ट्वीट गर्दै उनले समाजको असन्तुष्टिमा आफूहरू कति दोषी हो ? भन्ने प्रश्न महत्वपूर्ण भएको बताएका हुन् ।

‘समाजमा किन असन्तुष्टि छ ?, हामी त्यसमा कति दोषी छौँ ?,’ शर्माले लेखेका छन्, ‘ ‘वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सिर्जना कसरी गर्न सकिन्छ, महासमिति बैठकमार्फत यी प्रश्नको निरूपणले देश र कांग्रेसलाई पनि मार्ग दिन्छ ।’


महामन्त्री शर्माले समय चेत बुझ्न, हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री खोज्ने बहसलाई विमर्शको केन्द्र बनाएर सबैले तार्किक निष्कर्ष खोज्नुपर्ने समेत बताएका छन् । 

आफू महासमिति बैठककै तयारीमा जुटेको र महामन्त्रीले संयोजन गर्नुपर्ने विषयहरू प्रति सजग रहेको पनि उनले जानकारी दिए । ‘अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय हो,’ शर्माले लेखेका छन्, ‘यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने विषयप्रति म सजग छु । रहनेछु ।’
 

 


Author

थप समाचार
x