दल

शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ : विश्वप्रकाश शर्मा

इकागज |
असोज ३, २०८० बुधबार १४:५१ बजे

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्ने बताएका छन् । बुधबार फेसबुकमा पोष्ट लेख्दै उनले शिक्षकका माग सम्बाेधन गरिनुपर्ने धारणा राखेका हुन् । 

‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ,’ उनले लेखेका छन्, ‘वर्षौँपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऐन मार्फत वर्षौँदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ ! हामी लोकतान्त्रिक राज्य प्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न ।’


उनले शिक्षकको आत्मसम्मान अभिवृद्धि गराउने काम राज्यको भएकाले संवाद मार्फत समाधान गर्न सरकार र शिक्षक नेतृत्वलाई अपील समेत गरेका छन् ।

‘प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने/गराउने कर्तव्य राज्यको हो भने प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यमा नकारात्मक असर पर्न नदिने अभिभावकत्व शिक्षकको प्रधान दायित्व हो,’ उनले लेखेका छन्, ‘अत संवाद मार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारू गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपील !’


Author

थप समाचार
x