दल

नेम्वाङको विचार, शैली र स्वभाव अनुकरणीय : उपाध्यक्ष शाक्य

इकागज |
असोज ३, २०८० बुधबार १५:१८ बजे

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सबै राजनीतिक दलका नेताहरूलाई सहमतिमा ल्याउन सक्ने सुवासचन्द्र नेम्वाङको खुबीका कारण संविधान जारी हुन सकेको बताएकी छन् । 

एमाले गण्डकी प्रदेश कमिटीको आयोजनामा मंगलबार पोखरामा भएको ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा शाक्यले नेम्वाङको प्रभावशाली र शालीन शैली सबैका लागि अनुकरणीय रहेको बताइन् । 


कार्यक्रममा पार्टीका सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्टले संविधान सभाको असहमतिका दर्जनौं बुँदालाई सहमतिमा परिणत गर्दै सर्वस्वीकार्य समाधान निकाल्ने संयम र धैर्य भएको व्यक्तित्व सुवास नेम्वाङ भएको बताए । द्वन्द्वलाई सोच विचार गरेर समाधान निकाल्ने नेम्वाङको शैलीकै कारण संविधान निर्माण सम्भव भएको उनको भनाइ थियो । 

विष्टले एमालेबाट सभामुख र संविधान सभा अध्यक्ष भए पनि संसदीय मर्यादा र शैलीलाई उनले कहिल्यै नकुल्चेको भन्दै इतिहासमा गौरव गर्न लायक नेता भएको बताए । 


Author

थप समाचार
x