देउवालाई कार्यशैली सच्याउन शेखरको आग्रह
फाइल फोटो
काठमाडौं - पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन कांग्रेस नेता डा शेखर कोइरालाले चेतावनी दिएका छन् ।
मंगलबार आफूपक्षीय नेताहरुको भेला गरेका शेखरले बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका हुन् ।
उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर धुम्बाराही पुगेका शेखरले आजैबाट कोर्स करेक्सन नगरे आफूहरू आफ्नै तरिकाले अघि बढ्ने चेतावनी दिएका हुन् । जवाफमा सभापति देउवाले सबैलाई मिलाएर अघि बढ्ने बताएका छन् ।
सभापतिका निर्णय प्रक्रिया, सरकारको प्रभावकारिता, संसदीय समितिको सभापति चयनलगायतका विषयमा शेखर–गगन समूहको असन्तुष्टि देखिँदै आएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया