दल

ठूला दलहरूकै कारण संविधान कार्यान्वयनमा चुनौती : शेखर कोइराला

इकागज |
असोज ३, २०८० बुधबार २१:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ठूला दलहरूकै कारण संविधान कार्यान्वयनमा चुनौती रहेको बताएका छन् ।

संविधान दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले कुनै पनि भ्रष्टाचारका काण्ड आउने बित्तिकै सबै दल एकै ठाउँमा बसेर मिलाउने गरेको आरोप समेत लगाए । 


संविधान कार्यान्वयनको पक्षमा राजनीतिक दलहरूबाटै कमी कमजोरी भएको स्वीकार्दै कोइरालाले शीर्ष नेताहरूले आफूलाई संविधानभन्दा माथि रहेको व्यवहार गर्ने गरेको बताए । 

उनले भने, 'संंविधानभन्दा नेताहरूले आफ्नो स्वार्थ परिपूर्ति गर्ने नाममा भ्रष्टाचारका विषयमा संविधानभन्दा माथि आफूलाई राखेर राजनीतिक निर्णय गर्ने गरेका छन् ।' 

ठूलो पार्टी भएको नाताले र नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएकाले संविधान कार्यान्वयनमा पनि कांग्रेसले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।


Author

थप समाचार
x