दलहरूको अविश्वासको कारण शान्ति प्रक्रिया टाढिँदै गएको छ : नेता सिटौला
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूका बीचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्षः उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विस्तृत शान्ति सम्झौतामा प्रतिवद्धता गरे अनुरूपका कामहरू अझै अधुरो रहेको भन्दै यसको कारण राजनीतिक दलहरू भएका बताए । उनले राजनीतिक दलहरू एकै ठाउँमा उभिएमा सहजै समाधान दिन सकिने बताए । उनले राजनीतिक दलहरू आपसी विश्वासमा आएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
नेता सिटौलाले विस्तृत शान्ति सम्झौता बदलावको भावनाले सिर्जना नगरिएको स्पष्ट पारे । विस्तृत शान्ति सम्झौता शान्ति र न्यायको भावनाले सिर्जना गरिएको दस्तावेज भएको उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया