दल

शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने प्रस्ताव उचित छैन : माधव नेपाल

इकागज |
असोज ५, २०८० शुक्रबार १४:२० बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने प्रस्ताव उचित नभएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा प्रस्तावित व्यवस्थाले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले गर्न नसक्ने समेत बताए ।


शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिँदा कसरी उपयोग गर्ने कुरामा मात्र सीमित हुन सक्ने अवस्था बन्न सक्ने भएकाले प्रश्न उठ्न सक्ने उनले बताए ।

नेपालले अधिकारको विकेन्द्रीकरणको कुरा सोचेर पालिका तहमै माध्यमिक तहसम्मको अधिकार दिएको भन्दै अहिले नै संविधान संशोधन हुने अवस्था नरहेको जिकिर गरे । उनले सडकमा उत्रेका शिक्षकहरूको जायज मागलाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने जिकिर गरे ।

अध्यक्ष नेपालले अहिले आन्दोलनको उपलब्धि कसरी जोगाउने भन्ने चिन्ता रहेको भन्दै भ्रष्टाचार कमिसनतन्त्र, ढिलासुस्ती लगायतको व्यापक विरोध गर्नुपर्ने उल्लेख गरे ।


Author

थप समाचार
x