अध्यागमनहरूको कमजोरी पहिचान गरी सच्याउन जरुरी छ : सांसद बराल
फाइल तस्बिर
काठमाडौँ– नेकपा एमालेकी सांसद सुनिता बरालले अध्यागमन विभागहरूको अध्ययन जरुरी रहेको बताएकी छन् । शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताइन् ।
उनले अध्यागमनहरूको कमजोरी पहिचान गरी सच्याएर अध्यागमनहरूलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले बढी नेपालीहरू रहेको देशमा रहेका नेपाली दूतावासहरूमा जनशक्ति बढाएर त्यहाँ रहेका नेपालीहरूलाई सहज सुविधाको व्यवस्था गर्न आग्रह गरिन् । उनले सम्बन्धित देशमा नेपालीको संख्या कति छ भन्नेसम्मको एउटा तथ्यांकसहित व्यवस्थित कार्ययोजना बनाउन आवश्यक रहेको बताइन् ।
‘हाम्रा अध्यागमनहरूमा कहाँ कमजोरी छ र के करेक्सन गर्दा बलियो बनाउन सक्छौँ ? आज विश्वमा हेर्दा नेपालको पासपोर्ट कति कमजोर छ ? भन्ने कुरा सबैलाई थाहा छ । तर यस्ताकुरा हामी जिम्मेवार व्यक्तिले गल्ती गर्दै जाने हो भने यसलाई सुधार्ने कुरा कहीँबाट देखिँदैन । त्यसैले कुन दूतावासमा कति कर्मचारी छन्, त्यसले कसरी काम गरिरहेको छ ? सम्बन्धित देशमा नेपालीको संख्या कति छ ? भन्नेसम्मको एउटा तथ्यांकसहित व्यवस्थित कार्ययोजना बनाउन आवश्यक छ,’ उनले भनिन् ।
उनले अगाडि भनिन्, ‘श्रमसँग जोडिएर गएका देशरूमा असाध्यै ठूलो संख्यामा नेपालीहरूको उपस्थिति हुने तर त्यहाँको व्यवस्थापकीय टिम कम हुँदा ठूलो समस्या परेको छ । कुनै देशमा श्रमको रोजगारभन्दा पनि अरु कामले बढी जाने र देशको ग्राभयिटीसँग जोडेर व्यवस्थापकीय टिम ठूलो हुने र त्यहाँका कर्मचारी त्यति धेरै बेफुर्सद नपर्ने खालको अवस्था छ, त्यसैले यसमा अध्ययन गर्न जरुरी छ ।’
सांसद बरालले विदेशस्थित दूतावहरूमा जनशक्ति बढाएर त्यहाँ रहेका नेपालीहरूको सेवालाई सहज बनाउनुपर्ने बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया