दल

कांग्रेसले शिक्षा र विद्युत् सम्बन्धी विधेयकमा संसदीय दलमा छलफल गर्ने

इकागज |
असोज ५, २०८० शुक्रबार १८:२३ बजे

काठमाडौँ– नेपाली कांग्रेसले शिक्षा सम्बन्धी विधेयक र विद्युत् सम्बन्धी विधेयकका सम्बन्धमा संसदीय दलको बैठकमा थप छलफल गर्ने भएको छ ।  शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् ।

प्रमुख सचेतक लेखकका अनुसार उक्त विधेयकहरूमा छलफल गर्न असोज ८ र ९ गते संसदीय दलको बैठक बोलाइएको छ । लेखकले लगातार सदन अवरुद्ध हुँदा त्यसको असर विधेयक अघि बढाउने कुरामा परेकोसमेत बताए । संसद् बैठकमा नियमित आउन र अन्तिमसम्म बस्न सांसदहरूलाई उनले आग्रह गरे । 


केन्द्रीय कार्य समितिको बैठकमा अन्य केन्द्रीय सदस्यहरूले सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने, भातृसंगठनलाई समावेशी बनाउनुपर्ने लगायतका धारणा राखेका थिए ।

शुक्रबार बैठकमा विभिन्न तीनवटा प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । महासमिति बैठकका अजेण्डा, संगठनका काम कारबाही र शिक्षकहरूको विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको र केही दिन निरन्तर चल्नेसमेत उनले बताए । 


Author

थप समाचार
x