दल

कांग्रेस घण्टीको कब्जामा : नेता कँडेल

इकागज |
असोज ५, २०८० शुक्रबार १८:५२ बजे

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले जिल्लामा कांग्रेस घण्टीको कब्जामा रहेको बताएका छन् । जारी केन्द्रीय समितिको बैठकमा बोल्दै कँडेलले जिल्लाहरूमा कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) को कब्जामा रहेको बताएका हुन् । 

उनले जिल्ला कार्यसमितिलाई विघटन नगरे आफूहरूले पनि कुनै घाट वा मन्दिरमा घण्टी बजाएर बस्नुपर्ने दिन आउने टिप्पणी गरे । 


‘फरक धार र गुटमा भए पनि पार्टीलाई सबैले सहयोग गर्नुपर्ने तर, त्यस्तो अवस्था नहुँदा जिल्ला घण्टीको कब्जामा छ । जिल्ला कार्यसमितिलाई विघटन नगरे कुन दिन हामी पनि घण्टी बजाउँदै घाट वा मन्दिरमा बस्नुपर्छ थाहा छैन,’ उनले भने । 

पार्टीमा गुट र र अन्तरघातको कारण कमजोर अवस्था सिर्जना भएको भन्दै उनले गुटको नाममा मनोनीत नगर्न आग्रह गरे । कँडेल बोल्दै गर्दा सभापति शेरबहादुर देउवाले अनुशासित भएर बोल्न आग्रह गरे । देउवाले भने, ‘अनुशासित भएर बोल्नुस् को आफ्नो मान्छेहरू ।'

जवाफमा कँडेलले अनुशासित भएर नै बोलिरहेको बताए । देउवाले कँडेल बोल्दा बोल्दै भयो अब भन्दै अर्का केन्द्रीय सदस्यलाई बोल्न समय दिए ।


Author

थप समाचार
x