सरकार शैक्षिक क्षेत्रको विकासमा संवेदनशील छैन : योगेश भट्टराई
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताएका छन् ।
मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि सरकार त्यस क्षेत्रको विकासका लागि लगानी बढाउन तयार नभएको उनको भनाइ थियो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले मुलुकलाई सबल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले शिक्षामा लगानी गर्ने कुरा वार्षिक रूपमा घट्दै जानु विडम्बनाको विषयमा भएको समेत स्पष्ट पारे । सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको शुभारम्भ गर्न पनि सरकारलाई सचेत गराए ।
सचिव भट्टराईले लगानीको कमी भएकाले शिक्षामा सोचे अनुसारको प्रतिफल प्राप्त हुन नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । उनले गुणस्तरीय शिक्षाका लागि सरकारले अभिभावकहरूको संलग्नतामा पनि जोड दिनुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया