दल

संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्छ : कांग्रेस महामन्त्री थापा

इकागज |
असोज ७, २०८० आइतबार १८:५ बजे

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले सो विधेयकलाई सच्याउन कांग्रेसले आफ्ना पार्टीका सांसद र नेताहरूसँग सामूहिक छलफल गर्ने समेत बताए । उनले कांग्रेस संसदमा सबैभन्दा ठूलो पार्टी भएकाले नाताले उसले हरेक विधेयकलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।


पार्टी निकट नेपाल मुस्लिम संघले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले निर्वाचन कानुनसम्बन्धी विधेयक पनि केही दिनभित्रै संसदमा पेस हुने उल्लेख गर्दै त्यसलाई कांग्रेसले आवश्यकताका आधारमा संशोधन गरेर पारित गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।

महामन्त्री थापाले मुलुकमा नियोजित रूपमा सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा पार्टीको सिंगो पंक्ति लाग्नुपर्ने बताए ।


Author

थप समाचार
x