जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो हो : सभापति देउवा
काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देउवाले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको र मानिसहरूले विज्ञ, देशको सेवामा लाग्ने, देशका लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हाल्ने गरेको बताए । उनले जनताले जाति भन्दा पनि देशलाई सहयोग गरिरहेको बताए ।
सभापति देउवाले पार्टीले धेरै कुरा गर्न नसकेको भए पनि मुस्लिम धर्मावलम्बीहरूका लागि समानुपातिक समावेशी हिसाबले आरक्षण गरेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया