दल

हामी पार्टी कब्जाको होडमा लाग्दा जनताहरू टाढाटाढा हुँदैछन् : केसी

इकागज |
असोज ८, २०८० सोमबार १५:४ बजे

काठमाडौँ– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जनताहरू पार्टीबाट टाढाटाढा हुँदै गएको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले नेताहरू पार्टी कब्जा गर्ने होडमा लाग्दा नागरिकहरू पार्टीबाट टाढाटाढा भइरहेको बताए । 

पार्टीले नागरिकसँग गरेका बाचा पूरा गर्न नसक्दा जनताहरू आक्रोशित हुँदै विकल्पकाे खोजीमा रहेकाे उनले बताए ।


शैक्षिक क्षेत्रमा गुणस्तरको विकास र तीव्र राजनीतिकरणलाई नियन्त्रण गर्दै शिक्षकहरूको पेसागत सम्मान र सुरक्षाको सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै, आफूहरूले आर्थिक विकासको कुरा गरे पनि विकासका सञ्चालक र संवाहक युवा शक्ति रोजगारीका लागि हरेक दिन सरदर ३ हजारको दरले विदेशिरहेको उनले उल्लेख गरे ।
 


Author

थप समाचार
x