दल

गुटबन्दी रोक्न सभापातिले गर्ने निर्णयमा सबैले न्यायको अनुभूति गर्न पाउनुपर्छ : महामन्त्री थापा

इकागज |
असोज ८, २०८० सोमबार १७:३१ बजे

काठामाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्रको गुटबन्दी रोक्नका लागि सभापतिले गर्न निर्णयहरूमा सबैले न्यायको अनुभूति गर्न पाउनुपर्ने बताएका छन् । सोमबार कांग्रेसको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका छन् । 

‘पार्टी सञ्चालन गर्ने कुरामा दुईवटा पाटो हुन्छ,’ उनले भने, ‘एउटा पाटो सभापतिमा प्रतिस्पर्धा गरिसकेपनि तिमीले प्राप्त गरेको मतको तिमीले प्रतिनिधित्व गर मैले प्राप्त गरेको मतको मैले प्रतिनिधित्व गर्छु । अनि छलफल गरौँ भन्ने हुन्छ। यसलाई भागबण्डा वा जे भनौँ । यो नगरौँ । यो उपयुक्त हुन्न यो तरिकाबाट पार्टी चलेन । ठीक भएन भनेर सबैले स्विकार गरेको हो ।’


उनले अगाडि भने, ‘यसमा पनि निर्णय सभापतिले नै गर्ने हो । चाहे मन्त्री बनाउने कुरा होस् चाहे दलको पार्टीका साथीहरू ल्याउने कुरा होस् । तर, सभापतिले गर्ने निर्णयमा सबै साथीहरूले न्यायको अनुभूति गर्न पाउनुपर्छ । आज गुरु घिमिरेले वा जगदिश्वर नरसिंहले, वा भूपेन्द्र शाहीले आएर म चै किन परिनँ भनेर प्रश्न सोध्दै गर्दा सभापतिसँग उत्तर हुनुपर्छ ।’

मन्त्री बनाउँदा पनि पार्टी भित्रै भागबण्डाका आधारमा गरेर एकले अर्कोको बारेमा सोधखोज गर्न नपाउने पद्धति राम्रो नभएको उनको भनाइ छ ।  ‘कि त पार्टी सभापतिले गरेको निर्णयमा सबैले प्रतिनिधित्व गरेको महसुस गर्न पाउनुपर्छ,’ उनले भने, ‘कि सबैले न्यायको महसुस गर्न पाउनुपर्छ । तर, त्यो न्यायको महसुस गर्न पाएन भने त जसले पनि नेता खोजी हाल्छ नि । नेताले पनि आफूलाई जसले मद्दत गरेको उसलाई संरक्षण गर्नुपर्ने जिम्मेवारी बन्न आउँछ ।’

पार्टीमा यस्तो अवस्था आउन नदिन सभापतिको जिम्मेवारी भएको उनले बताए । ‘त्यो अवस्था आउन नदिनका लागि पार्टीको सभापति जीले गर्ने निर्णयमा जो पनि पर्न सक्छ भनेर पर्नु पर्यो कि परेन ?’ उनले भने, ‘साथीहरूले पार्टीमा गुटबन्दी नगरुम् भन्दै गर्दा यो पनि भनुम् न । यो पनि सँगसँगै गर्यो गुटबन्दी समाप्त भइहाल्छ नि । तर, आधा साथीहरूलाई ढोकाबाटै छिर्न पाइएन भने अर्को तिर छिर्ने अवस्था बनिहाल्छ नि ।’


Author

थप समाचार
x