महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्छ : सचिव भट्टराई
काठमाडौँ- नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्तता हुनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद भट्टराईले महालेखापरीक्षक कार्यालयमा काम गर्नेहरूले लेखापरीक्षण गर्ने संस्थाको स्वतन्त्र स्वायत्तताका विषयमा प्रश्न उठाएको भन्दै सांसदहरूले महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त नभएको बुझ्ने उल्लेख गरे । उनले संविधानको धारा २४० ले संवैधानिक परिषदबाट महालेखापरीक्षक नियुक्ति हुने प्रावधान रहेको बताए ।
संविधानमा खोट भएर संस्थालाई स्वतन्त्र र स्वायत्त बन्न दिएको छैन भने त्यसलाई संशोधन गर्न आवश्यक रहेको औंल्याए । आफूहरू महालेखापरीक्षकको कार्यालय अझ बलियो, स्वतन्त्र र स्वायत्त हुनुपर्छ र कुनै हस्तक्षेप हुनुहुन्न भन्ने पक्षमा रहेको उनकाे भनाइ थियाे ।
भट्टराईले सरकारले न्यायाधीशको परीक्षामा फेल भएकाहरूलाई न्यायाधीश बनाउनु देशका लागि विडम्बनापूर्ण अवस्था रहेको समेत टिप्पणी गरे । उनले देशको सचिव वा मुख्य सचिवहरूको बढुवामा बेरुजुको मापदण्ड राख्न आवश्यक रहेको बताए । उनले बेरुजु बढाउँदै हिँड्ने व्यक्ति देशको मुख्य सचिव हुँदा त्यो व्यक्तिले मुलुकको सुशासन कायम गराउन नसक्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया