'लेखापरीक्षण गर्नेहरूको पनि वित्तीय अनुशासन छानबिन गर्नुपर्छ'
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक लेखा समितिले लेखापरीक्षण गर्नेहरू वित्तीय अनुशासनमा भए/नभएको विषयमा छानबिन गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
उनले महालेखा परीक्षकहरूले अंकमा बेरुजु देखाउने मात्रै नभएर जवाफदेही बनाउनुपर्ने भनाइ राखे । अध्यक्ष लिङ्देनले हरेक वर्ष उच्च रूपमा बेरुजु बढ्नुको प्रमुख कारण समेत महालेखापरीक्षकले छुट्याउन आवश्यक रहेको बताए । उनले बेरुजुको आधा हिस्साभन्दा बढी देशको अर्थमन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत हुने कारण देशको ऐन कानुन वा नेतृत्व बारेमा महालेखापरीक्षकको दृष्टिकोण प्रष्ट हुन आवश्यक रहेको बताए ।
अध्यक्ष लिङ्देनले महालेखाले बेरुजु देखाउने तर जवाफदेही व्यक्ति माथिल्लो निकायमा गएर थप बेरुजु थप्दै जान दिनु नहुने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया