समाजमा अराजकता बढ्दै गयो : उपाध्यक्ष शाक्य
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समाजमा अराजकता र अनैतिकता बढ्दै गएको बताएकी छिन् । मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले यस्तो बताएकी हुन् ।
शाक्यले समाजमा अराजकता र अनैतिकता बढिरहेको बेलामा र मानव सेवा कमजोर बन्दै गएको बेलामा जनसेवामा समर्पित हुँदै जानुपर्ने आवश्यकता औंल्याइन् । उनले मानव स्वास्थ्यका लागि आफ्नो जीवन समर्पण गर्नु अहिलेको आवश्यकता भएको जिकिर गरिन् । उनले क्षयरोग र कुष्ठरोगीलाई हेर्ने नजर अहिले पनि सकारात्मक नरहेको भनाइ राखिन् ।
‘क्षयरोग र कुष्ठरोगीलाई हेर्ने नजर अहिले पनि राम्रो छैन, छिछि दुरदुर गरिन्छ । अहिले पनि समस्या छ । परिवारमा र समाजमा धेरै समस्या छ । त्यो बेलामा डाक्टर भएर क्षयरोग र कुष्ठरोगको उपचार गरिरहँदा उहाँको भावनामा के के जाग्यो ? कसरी गर्नुभयो भन्ने कुरा सोध्न मन छ । त्यसरी उहाँले समाज, परिवारले छिछि दुरदुर गरेको काम कसरी सफल गर्नुभयो भन्ने जिज्ञासा छ । उहाँले अत्यन्तै विज्ञ भएर काम गर्नुभएको छ,' उनले भनिन्, 'मानव स्वास्थ्यको लागि आफ्नो जीवन सिंगो रूपमा समर्पण गर्नु अहिलेको आवश्यकता छ । अहिले समाज अलिकति अराजकता, अनैतिक हुँदै गएको बेलामा मानव सेवामा कमजोर हुँदै गएको बेलामा त्यसरी समर्पित गर्दै जानुपर्छ ।’
उपाध्यक्ष शाक्यले मानव स्वास्थ्यका लागि आफ्नो जीवन सिंगो रूपमा समर्पण गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया