राप्रपा नेपालले असोज १४ गते वीरगञ्जमा सभा गर्ने
फाइल तस्बिर
वीरगञ्ज- राप्रपा नेपालले पर्सी असोज १४ गते पर्साको वीरगञ्जमा सभा गर्ने भएको छ । घन्टाघर नजिकको टेम्पो चोकमा सभा गर्ने तयारी गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुलीले जानकारी दिए ।
पूर्व मन्त्री समेत रहेका पराजुलीले यो सभा काठमाडौँको विरोध प्रदर्शनको निरन्तरता भएकाे बताए । 'हामी भ्रष्ट व्यवस्थाको अन्त्यका लागि देशका विभिन्न भागहरूमा यसैगरी विरोध प्रदर्शन र सभाहरू गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौं,' उनले भने ।
राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उल्लेख्य जनसहभागिता गराउन जनपरिचालन गरिएको छ । सभालाई पार्टी अध्यक्ष कमल थापा लगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया