जनताले खुशियाली मनाउने दिनमा अपराधीलाई उन्मुक्ति दिने प्रणाली बन्द गर्नुपर्छ : रवि लामिछाने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा लामिछानेले संविधान दिवसलाई मौका छोपेर सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आममाफी दिएको भन्दै आपत्ति जनाएका हुन् ।
जघन्य अपराध गर्ने, मानिसलाई दिउँसै हत्या गर्ने र आजीवन सजाय पाएको मान्छेलाई जनताले खुशियाली मनाउने दिनमा उन्मुक्ति दिने प्रणाली सदाका लागि बन्द गर्न उनले माग गरे । त्यस्तै लामिछानले सधैं घाटामा जाने आयल निगमले कर्मचारीलाई बोनस बाँड्ने गरेको भन्दै निगमप्रति प्रश्न उठाए ।
उनले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएका बेला बढाउने तर मूल्य घटेका बेला पेट्रोलियम पदार्थको भाउ नघटाउने गरेको भन्दै आपत्ति जनाए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया