भूराजनीतिले देशको अवस्था पेचिलो र जटिल छ : माओवादी केन्द्र
फाइल तस्बिर
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले भूराजनीतिक अवस्थाले गर्दा देशको अवस्था पेचिलो बन्दै गएको बताएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले भूराजनीतिक अवस्थाले देश पेचिलो र जटिल अवस्थामा रहेको बताएका हुन् ।
पूर्वसभामुख सापकोटाले सबै मिलेर मेहनत गर्ने हो भने देखिएको समस्या समाधान हुने बताए । उनले अहिले चुनौतीभन्दा पनि बढी सम्भावना रहेको उल्लेख गर्दै चुनौतीमै सम्भावनाका ढोका खुल्ने जिकिर गरे । उनले पार्टीले पछिल्लो समय देशमा आँधीबेहरी सिर्जना गरेको उल्लेख गर्दै माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै गएको दाबी गरे । उनले पार्टीमा आकर्षण बढेको र अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिरहेको बताए ।
पूर्वसभामुख सापकोटाले सरकार जनताका आवाज सुन्न तत्पर रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया