दल

मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने

इकागज |
असोज १४, २०८० आइतबार १६:४३ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद दिएका छन् । 
    
प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको समयमा मूल्य बढाउने तर घटेको समयमा मूल्य नघटाउने गरेको आरोप समेत लगाए ।

'आयल निगम पेट्रोलियम पदार्थ आफैँ आयात गर्छ, आफैँ व्यापार गर्छ र नियमन पनि आफैँ गर्छ,' उनले भने, 'कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ तर सधैं घाटामा रहन्छ । देशले यो घाटा कहिलेसम्म सहिरहनुपर्ने हो ?'



Author

थप समाचार
x