दल

प्रधानमन्त्रीको चीन भ्रमण धुमधामको गुमनाम : सांसद पन्त

इकागज |
असोज १४, २०८० आइतबार १८:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चीन भ्रमण धुमधामको गुमनाम भएको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सांसद पन्तले प्रधानमन्त्रीले धुमधामसहित चीन भ्रमण गरे पनि उपलब्धिको हिसाबले गुमनाम भएको बताएका हुन् । उनले चीन भ्रमणका क्रममा उल्लेखनीय कुनै सहमति हुन नसकेको र पुराना सहमतिहरू पनि कार्यान्वयन हुन नसकेको जिकिर गरे । उनले बिआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा पनि कुनै छलफल हुन नसक्नुले भ्रमण गुमनाम बनेको बताए ।


उनले भने, ‘जे–जे सहमति भएको छ, त्यसमा पहिल्यै भएका सहमति पनि सबै कार्यान्वयन हुने भएनन् । र, नयाँ त केही पनि भएनन् । ठोस उपलब्धि देखिनुपर्यो नि । उहाँले तीन, चारवटा बाटोको कुरा गर्नुभएको थियो, किमाथांका, कोशी करिडोर, पश्चिमको करिडोर । त्यो केही पनि भएन । किमाथांकाबाट ट्रान्समिशन लाइनको कुरा गर्नुभएको थियो, त्यो पनि भएन । बिआरआईमा हस्ताक्षर भएन । मुख्य कुरा बिआरआईमा हस्ताक्षर गर्नुपर्थ्याे । त्यो केही पनि भएन । त्यस कारण चीन भ्रमण उहाँको गुमनाम भयो । धुमधामको गुमनाम भयो । उपलब्धि केही पनि भएन ।’

सांसद पन्तले प्रधानमन्त्रीले फर्कनासाथ विमानस्थलमा भ्रमणको तयारीका कमी भएको अभिव्यक्ति दिएको उल्लेख गर्दै तयारीमा कमी हुँदाहुँदै किन भ्रमण गएको भन्ने प्रश्न समेत गरे ।

 


Author

थप समाचार
x