दल

छोरी चिनाउने भन्दा बाहेक प्रधानमन्त्रीको विदेश भ्रमणको कुनै फाइदा भएन : सांसद सिंह

इकागज |
असोज १४, २०८० आइतबार १९:५ बजे

काठमाडौँ- प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको बताएका छन् ।​

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रतिनिधि सभा सदस्य सिंहले प्रधानमन्त्रीको भ्रमणबाट छोरीलाई चिनाउने बाहेक कुनै फाइदा नभएको टिप्पणी गरेका हुन् । उनले विश्वको कुनै पनि देशको सरकार प्रमुख १० दिन विदेशमा गएर नबस्ने भन्दै प्रधानमन्त्री त्यतिका दिन विदेश बस्नुले नेपालमा प्रधानमन्त्रीको काम छैन भन्ने देखाएको जिकिर गरे । उनले व्यस्त प्रधानमन्त्री भएको भए एक/दुई दिनको मात्रै भ्रमण हुने बताउ ।


उनले भने, ‘दुनियाँको कुनै पनि सरकार प्रमुखले कुनै देशमा गएर १० दिन बस्छ ? या ७ दिन बस्छ ? यसको अर्थ नेपालमा प्रधानमन्त्रीको काम छैन । प्रधानमन्त्री व्यस्त भएको भए एक, दुई दिनको भ्रमण हुन्छ । प्रधानमन्त्रीले के तीर्थयात्राकाे लागि गरेको हो भ्रमण ? तीर्थयात्राको लागि त धेरै नेपाली दाजुभाइ घुमिरहेका छन् नि । त्यसको लागि प्रधानमन्त्रीको आवश्यकता हुँदैन नि । प्रधानमन्त्रीको फाइदा आफ्नो छोरीलाई चिनाउन पाउनुभयो । त्यसबाहेक के फाइदा भयो ?’

प्रतिनिधि सभा सदस्य सिंहले प्रधानमन्त्रीको चीन भ्रमणमा तीर्थयात्रा भएको भन्दै तीर्थयात्रा गर्न प्रधानमन्त्रीको आवश्यकता नभएको बताए । 


Author

थप समाचार
x