प्रणाली बदल्न जरुरी छैन : विमलेन्द्र निधि
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारत स्वतन्त्र हुनुमा नेपालीहरूको हात रहे पनि भारतले कहिल्यै भन्ने नगरेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भारतको अहिंसात्मक आन्दोलनमा महात्मा गान्धीसँगै नेपालीहरूले पनि भारत स्वतन्त्र हुनका लागि आन्दोलन गरेको बताए । उनले भारतले पनि कहिल्यै पनि नेपालीहरू पनि भारत स्वतन्त्र हुनमा आन्दोलनमा उत्रिएका थिए भन्ने प्रसंग ननिकाल्ने गरेकाे बताए ।
निधिले भारतीय राजनीतिज्ञ, साहित्यकार, इतिहासकारले सो कुरालाई ओझेलमा राख्ने गरेको बताए । उनले भारतले नेपालमा लोकतन्त्र ल्याउनमा आफूहरूको सहयोग रहेको मात्रै भन्ने गरेको बताए ।
नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको विरुद्धमा कुरा भएको भए त्यसबाट सचेत रहनुपर्ने बताए । प्रणाली बदल्ने जरुरी नरहेको र बरु प्रणाली बलियो बनाउन संविधानमा थप संशोधन गर्न जरुरी रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया