नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको शिकार बन्ने खतरा : अध्यक्ष लिङदेन
फाइल फोटो
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाको शिकार बन्नसक्ने खतरा रहेको बताएका छन् ।
राप्रपाले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र नीतिः विगत, वर्तमान र भविष्य विषय विचार गोष्ठिमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारको परराष्ट्र नीतिको कमजोरीको कारण नेपाल शक्ति राष्ट्रहरूको प्रतिष्पर्धा स्थानमा परिणत भइरहेको बताए । उनले अहिले नेपालको परराष्ट्र नीति नरहेको टिप्पणी गरे । अध्यक्ष लिङदेनले नेपालले देश–देशहरुसँग गरिरहेको सम्बन्ध आफ्नो सत्ता टिकाउनेमा केन्द्रित रहेको आरोप लगाए । उनले सरकारले छिमेकी देशरुसँग लिने ऋण सहयोग समेत कमिसन, व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेको उल्लेख गरे । उनले विश्व राजनीतिमा आएको बदलाव र भूराजनीतिक परिस्थितिमा नेपाल रहेको बताए । उनले अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाल सामान्य अवस्थामा नभएको बताए । उनले सत्तारुढ पार्टी र देशका मुख्य पार्टीहरूको विदेश सम्बन्ध राख्नु सत्ता केन्द्रित र सत्ताको लागि जे पनि सम्झौता गर्ने गरिएको अरोप लगाए । उनले विदेशीहरुको साथ समर्थन भएन भने चुनाव जित्न, चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिँदैन र सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यतामा मुख्य राजनीतिक पार्टीहरू रहेको बताए । उनले यस्ता क्रियाकलापले परराष्ट्र सम्बन्धमा गम्भिर परिस्थिति निम्त्याइरहेको बताए ।
उनले भने, ‘अहिले नेपालको परराष्ट्र नीति छैन भने पनि हुन्छ । सरकारले देश–देशहरुसँग गरिरहेको सम्बन्ध भनेको आफ्नो सत्ता कसरी टिकाउनेमा केन्द्रित छ । यस्तो घिन लाग्दो छ । सरकारले लिने ऋण सहयोग पनि कमिसन,व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेपछि सहयोग गर्ने नेपाललाई हेर्ने दृष्टिकोण कस्तो होला । अहिले विश्व राजनीतिमा आएको बदलाव र जुन भूराजनीतिक परिस्थितिमा नेपाल छ । यो सामान्य अवस्थामा छैन । हामी सामान्य अवस्थामा छैनौं । अहिले सत्तारुढ पार्टी र मुख्य पार्टीहरुको विदेश सम्बन्ध भनेकै सत्ता केन्द्रित सम्बन्ध भएको र सत्ताको लागि जे पनि सम्झौता गर्ने गरिएको छ । विदेशीहरुको साथ समर्थन भएन भने चुनाव जित्न सकिँदैन । चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिँदैन । सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यता छ । त्यो अनुसारको क्रियाकलाप भइरहेको छ । त्यसले गम्भीर परिस्थिति निम्त्याइरहेको छ । अहिले नेपाल शक्ति राष्ट्रहरूको प्रतिष्पर्धा स्थानमा परिनत भएको छ । सरकारको कमजोरीको कारण कुनै पनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाको सिकार नेपाल बन्नसक्ने खतरा छ । नेपालले शक्ति राष्ट्रहरु र अन्य सबै विश्व समुदायसँग मुलुकको सम्बन्धको बारेमा ठोस अवधारणा बनाउन जरुरी छ । कुनै शक्ति राष्ट्रको नजिक र टाढा भन्दा पनि सम निकटताको सम्बन्ध बनाउने,लाभ लिने र देशको ठोस परराष्ट्र नीति सबैले बुझ्ने र देखिने सम्बन्ध हुनुपर्छ । नेपालले सम्बन्ध राखेका देशसँग सम्बन्ध राख्दा अन्य कुनै पनि देशलाई समस्या पर्दैन भन्ने ग्यारेन्टी प्रदान गर्छौं भन्ने कुरा सरकारले अन्य देशलाई बुझाउन सक्नुपर्छ ।’
उनले नेपालले शक्ति राष्ट्रहरू र अन्य सबै विश्व समुदायसँग मुलुकको सम्बन्धको बारेमा ठोस अवधारणा बनाउन जरुरी रहेको बताए । अध्यक्ष लिङदेनले कुनै शक्ति राष्ट्रको नजिक र टाढा भन्दा पनि सम निकटताको सम्बन्ध बनाउने, लाभ लिने र देशको ठोस परराष्ट्र नीति सबैले बुझ्ने र देखिने हुन आवश्यक रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया