नयाँ भनिएका पार्टीहरूले देश हाँक्न सक्दैनन् : केपी ओली
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका पार्टीहरूले देश हाँक्न नसक्ने बताएका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बाराका नेता शिवचन्द्र कुशवाहलाई एमाले प्रवेश गराउँदै ओलीले नयाँ भनिएका पार्टीहरूसँग देशलाई हाँक्न सक्ने कुनै सोच र योजना नरहेको बताएका हुन् । उनले नयाँ पार्टीहरूसँग सही ढंगले उम्मेदवार चयन गर्न सक्ने क्षमता समेत नरहेको टिप्पणी गरे । त्यस्तै पुराना भन्ने पार्टीहरूले पनि केही गर्न नसकेको जिकिर गरे ।
कांग्रेस पार्टी थोत्रो भएको र ८७ सिट हुँदा पनि ३२ सिटको पछाडि हिँडेको उनले बताए । उनले कांग्रेसको पछाडि लाग्ने भनाई माधव नेपाललाई सुहाए पनि कांग्रेसलाई भने माओवादीको पछाडि हिँड्न नसुहाउने धारणा राखे । अध्यक्ष नेपालले माओवादीका नेता कार्यकर्ताहरूले पनि आफूसँगको भेटमा पीडा पोख्ने गरेको बताए ।
माओवादीमा छोरी ज्वाइँ, भाइ भतिजा भान्जा सप्रे पनि तमाम माओवादी कार्यकर्ता तड्पिन बाध्य भएको ओलीको भनाइ छ । ओलीले गरिबी निवारण गर्न सक्ने , सामाजिक समानता कायम गर्न सक्ने पार्टी एमाले बाहेक अरु कुनै नरहेको दाबी गरे । एमालेको सुखी नेपाली समृद्ध नेपाललाई अन्य दलले बोल्न पनि नसकेको उनले बताए ।
त्यस्तै एमाले प्रवेश गर्दै कुशवाहले कार्यदिशा र कार्यनीति नभएका कारण जनयुद्ध लडेका माओवादीहरू, एमालेबाट गएका माओवादीहरू एमालेतर्फ फर्कन थालेको बताए । उनले पाको पार्टी एमालेलाई बलियो बनाउनुपर्ने धारणा राखे । एमालेबाटै समृद्धिको सपना साकार हुने उनको भनाइ छ ।
माओवादी केन्द्र छाडेर जनमत पार्टीमा पुगेका कुशवाह बारा २ मा उम्मेदवार बनेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया