माओवादी लक्षित ओलीको टिप्पणी : सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले होइन
'ललिता निवास प्रकरणमा एमालेलाई मुछ्न भनेर लागि परे पनि आफैँ परेपछि घटना सेलायाे'
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरू एमालेसँग लड्न नसकेको बताएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको वागमती प्रदेशको शपथ ग्रहण तथा कार्यभार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हाम्रा विरोधीहरू हामीसँग लड्न सकिरहेका छैनन् । हिजो मैले पार्लियामेण्टमा अलिकति बोलेँ । त्यसले उनीहरूको मन भतभत पोल्यो, खपि नसक्नु भयो । के गरौँ के गरौँ भनेर चिथोरौँ झैँ लाग्यो ।'
अध्यक्ष ओलीले आफूले बुधबार संसदमा बोलेका कुरालाई लिएर विपक्षीहरूको मन भतभती पोलिरहेको जिकिर गरे । उनले एमालेको विरोध गर्न गिरिबन्धु टि स्टेट भने पनि गिरिबन्धु टि स्टेटको छानबिन गर्न चुनौती दिए । उनले कुनै पनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरू मुसिने दाबी गरे । नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै उनले सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताए ।
'सुन तस्कर गर्ने, सुन गाल्ने पाँच वटा भाँडा, राष्ट्र बैंकसँग एउटा छ, पाँच वटा भाँडा राखेर बस्ने खालको पार्टी होइन । हामी देश बनाउने पार्टी हो । हिजो मैले बोलेको जवाफ छैन उनीहरूसँग । त्यसको जवाफमा गिरिबन्धु टि स्टेट । के गर्नुपर्छ, कुन फाइल खोल्नुपर्छ खोल, १० पटक खोल । तिनका नेताहरूले त्यही भनेको होला । गिरबन्धु टि स्टेट, यति, औम्नी भन । ति सबै कुरा उनीहरूले गराएका छन् । कमीसनको चक्र उनीहरूले चलाएका छन्,' उनले भने ।
अध्यक्ष ओलीले ललिता निवास प्रकरणमा एमालेलाई मुछ्न भनेर लागि परे पनि आफैँ परेपछि घटना सेलाएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया