दल

धर्म र सम्प्रदायको झण्डा छोडेर देशको झण्डा बोकौँ : सांसद झा

इकागज |
असोज १८, २०८० बिहीबार २०:६ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले धर्म र सम्प्रदायको झण्डा छोडेर देशको झण्डा बोक्नुपर्ने बताएका छन् ।​

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले देशका विभिन्न भू–भागमा धर्म र साम्प्रदायिक दंगा निम्त्याउने प्रयास भइरहेको बताए । उनले धर्म र सम्प्रदायको झण्डाभन्दा देशको झण्डा महत्वपूर्ण भएको भन्दै देशको झण्डा बोक्नुपर्ने बताए । उनले राजनीतिक दलहरूले भोटको राजनीति गरिरहेकाे भन्दै त्यसले क्षणिक फाइदा मात्रै हुने जिकिर गरे ।


विगतमा दल, धर्म र सम्प्रदायको मात्रै झण्डा बोकेको उल्लेख गर्दै उनले अब त्यसभन्दा माथि उठ्नुपर्ने भनाइ राखे । उनले धर्म र साम्प्रदायिक दंगाबाट बच्न सबै सजग र जिम्मेवार हुनुपर्ने बताए ।

 


Author

थप समाचार
x