दल

पार्टीभित्र अस्वस्थ प्रतिष्पर्धामा नउत्रन एमाले अध्यक्ष ओलीकाे आग्रह

इकागज |
असोज १९, २०८० शुक्रबार १७:३० बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अस्वस्थ प्रतिष्पर्धामा नउत्रन आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौँमा पार्टी उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीको प्रदेश अधिवेशनका सन्दर्भमा विरोधीले एकोहोरो खालको टीकाटिप्पणी गर्ने मौका पाएको भन्दै अस्वस्थ प्रतिष्पर्धामा नउत्रन आग्रह गरेका हुन् ।


उनले अहिलेसम्म लडेभिडे भन्ने सन्देश प्रवाहित भएकाले उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्व चयनमा अर्को टीकाटिप्पणी गर्ने मौका दिन नहुने बताए । पार्टीभित्रको प्रतिष्पर्धामा पनि जित्नका लागि विभिन्न अभ्यास गरेको जस्तो देखिएकाले सहमति नै जान उनले सुझाव दिए ।

ओलीले पार्टीका हरेक व्यक्तिको काम नेतृत्वले मूल्याङ्कन गर्ने भएकाले नेतृत्वको मूल्यांकनमा भर नपर्दा समस्या देखिन सक्ने तर्क गरे

ओलीले पार्टीको आन्तरिक चुनावलाई जित्दा उन्माद चढेजस्तो गर्ने र हार्दा निराश हुने अवस्था आउन दिन नहुनेमा जोड दिए । 


Author

थप समाचार
x