हारपछि मन दुख्छ, त्यसैले मिलेर अगाडि बढ्नुहोस् : केपी ओली
काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले उपत्यका विशेष प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरेका छन् ।
अघिका प्रदेश अधिवेशनलाई लिएर विपक्षीहरूले टीकाटिप्पणी गर्ने अवसर पाएको भन्दै अध्यक्ष ओलीले सर्वसम्मतिको प्रयास गरेर अगाडि बढ्न आग्रह गरेका छन् ।
आज अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले प्रतिस्पर्धामा गएपछि एउटाको जित र अर्कोको हार हुँदा हार्नेको मन दुख्ने बताए । मन नदुखाउनका लागि सर्वसम्मत नेतृत्व चयन नै उत्तम विकल्प रहेको उनको भनाइ छ ।
‘यहाँ प्रतिस्पर्धा जितेर पनि के–के न ठूलो कुरा पाइने होइन। सबैले जित्ने पनि होइन, एउटाले जित्छ, अर्कोले हार्छ । हारेपछि मन दुख्छ,’ उनले भने । सहमति कसैको मन नदुख्ने उनको भनाइ थियो ।
'मन नदुखाइ अगाडि बढ्ने काम सबैभन्दा राम्रो हो नि त । किन मन दुखाउने?’ उनी भन्छन् ।
यस विभिन्न प्रदेशमा सम्पन्न भएको अधिवेशनमा पनि सकभर सहमतिको प्रयास र कुरा मिलेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् भन्दो विपक्षी र मिडियाहरूले गलत टीकाटिप्पणी गरेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया