दल

संघीय स्वरूपमा जाँदा विद्यालय शिक्षा विधेयकमा केही कुराहरू छुटेका छन् : वर्षमान पुन

इकागज |
असोज १९, २०८० शुक्रबार २०:० बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले विद्यालय शिक्षा विधेयकलाई निर्क्यौलमा पुर्याउने जिम्मा सांसदको हातमा रहेको बताएका छन् ।

प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद पुनले सरकारले संसदबाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्वीकार गरेकाले पनि विधेयक टुंगोमा पुर्याउने जिम्मा सांसदहरूको रहेको बताएका हुन् । उनले सरकारले ढिलो भए पनि विद्यालय शिक्षा विधेयक संसद्सम्म ल्याएको भन्दै विधेयकलाई संशाेधन गरेर शिक्षा सम्बद्ध सरोकारवालाका अधिकारहरूलाई समेट्नुपर्ने बताए ।


अहिलेको अवस्थामा समाजवाद तर्फ लैजान सक्ने राष्ट्रिय जनशक्ति तयार गर्न जरुरी रहेको बताए । वैज्ञानिक र प्राविधिक शिक्षाले मात्रै देश समृद्ध हुने भन्दै संघीय स्वरूपमा जाँदा विधेयकमा कतिपय कुराहरू अपुग भएको उनको भनाइ छ ।

उनले संविधानको मर्म अनुसार विधेयकलाई अघि बढाउनुपर्ने बताए । 

 


Author

थप समाचार
x