दल

राम्रालाई राम्रो र नराम्रालाई नराम्रो भन्न सक्नुपर्छ : केपी ओली

इकागज |
असोज २०, २०८० शनिबार १६:१२ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सबै पार्टीहरूलाई एकै ठाउँ राखेर हेर्न नहुने बताएका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले धेरै पार्टीहरूलाई एकै ठाउँ राखेर हेर्न नहुने र राम्रालाई राम्रो र नराम्रालाई नराम्रो भन्न सक्नुपर्ने बताएका हुन् । उनले सबै नेताहरूलाई आरोप र आशंका दृष्टिले हेर्दा समाज ठीक ठाउँमा जान नसक्ने बताए ।


ओलीले चाडपर्वलाई भ्रमबाट दूर गर्ने, चेतनाको प्रकाश पुर्याउने माध्यमका रूपमा लिनुपर्ने धारणा पनि राखे ।

चाडपर्वको समयलाई व्यक्तिगत ज्ञान बढाउनका लागि उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।


Author

थप समाचार
x