कानुन निर्माणमा एमालेको प्रतिपक्षीय भूमिका हुँदैन : ओली
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कानुन निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भूमिकामा नरहने बताएका छन् । शनिबार ललितपुरमा आयोजित विद्युत् विधेयकसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्ने भएकाले आफूहरू प्रतिपक्षको भूमिकामा प्रस्तुत नहुने बताएका हुन् ।
अध्यक्ष ओलीले विद्युत् विधेयक २०८० लाई राष्ट्रिय हितमा हुने गरी संसदबाट पारित गराउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । उनले दलीय आधारमा संसदमा सो विधेयकबारे छलफल भए पनि त्यसलाई राष्ट्रिय हित अनुकूल हुने गरी पारित गराउन आफ्नो पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।
ओलीले कानुन निर्माणको विषयलाई दलीय प्रश्न बनाउन नहुने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया