दल

नेताहरूलाई लिङ्देनको प्रस्ताव : देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि नै नयाँ सम्झौता गरौँ

इकागज |
असोज २०, २०८० शनिबार १८:४८ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले संघीयता देशका लागि आवश्यक नभएको बताएका छन् ।​ शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएङ्का हुन् ।

अध्यक्ष लिङ्देनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपातबिना र दबाबबिना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलहरूसँग आग्रह गरे । उनले नयाँ सहमति नगरे र दलहरू नसच्चिए अब जनदबाबको आँधीबेरीको तयारी गर्ने दायित्व राप्रपाको भएको बताए । उनले राजनीतिक दलका नेताहरूलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिए ।


उनले राप्रपा पार्टीले अब देशको नेतृत्व नगरेसम्म देशभित्रै गरिखाने वातावरण सिर्जना नहुने बताए । उनले दसैँतिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्ने गरी अघि बढ्न दलका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष लिङ्देनले राप्रपा भ्रष्टाचारका विरुद्ध सडकमा आउने बताए ।


Author

थप समाचार
x