‘लोकतन्त्रको रक्षा गर्ने जिम्मा कांग्रेसको’
फाइल फोटो
लेखनाथ - नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले लोकतन्त्रको रक्षा कांग्रेसले गर्नुपर्ने बताएका छन् । कांग्रेस कास्की क्षेत्र नं ३, प्रदेश (२) को प्रथम प्रदेश सम्मेलनलाई आज सम्बोधन गर्दै उनले प्रजातन्त्र स्थापनाका लागि राणाकालदेखि सङ्घर्ष गर्दै आएको पार्टीले नै लोकतन्त्रको रक्षा गर्न सक्ने दाबी गरे ।
लामो इतिहास बोकेको कांग्रेसलाई बिग्रन दिन नहुने बताउँदै प्रदेश सभापति शर्माले पार्टीभित्रबाटै निष्ठावान र इमान्दार नेता खोज्दै भ्रष्ट र माफियालाई पाखा लगाउनुपर्नेमा जोड दिए । “कांग्रेसको विरासतलाई गिर्न नदिन नेता तथा कार्यकर्ता सच्चिन जरुरी छ”, उनले भने, एकअर्कालाई दोषारोपण गर्नुभन्दा आफैँबाट सच्चिन आवश्यक छ ।”
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले लोकतन्त्रको रक्षाका लागि ठूलाठूला समस्याको समाधान कांग्रेसले मात्र गर्न सक्ने बताइन् । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेसका कार्यकर्ता राजनीतिमा मात्र भन्दा पनि उद्यमशीलतामा जोडिँदै अगाडि बढ्नुपर्नेमा जोड दिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया