दल

खेलकुद विश्वविद्यालय स्थापनाका लागि सरकारसँग छलफल गर्नेछु : माधव नेपाल

इकागज |
असोज २०, २०८० शनिबार २१:१० बजे

फाइल तस्बिर

काठमाडौँ- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलकुद विश्वविद्यालय स्थापनाका लागि आफूले सरकारसँग छलफल गर्ने बताएका छन् ।

पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै खेलकुद क्षेत्र मुलुकको इज्जत, मान र प्रतिष्ठानसँग जोडिएकाले त्यसको विकासका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताए । उनले खेल क्षेत्रको विकासका लागि विशेष ध्यान दिन स्थानीय सरकारहरूलाई पनि आग्रह गरे ।


तलैदेखि खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सके खेलाडीहरूको टिम राम्रो बन्ने अध्यक्ष नेपालको भनाइ थियो । उनले खेलाडीहरूलाई हौसला प्रदान गर्ने, उनीहरूलाई प्रोत्साहित गर्न पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खेलकुद क्षेत्रको पूर्वाधार विकासमा सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।


Author

थप समाचार
x