जनताले आर्थिक–सामाजिक अधिकार पाएका छैनन् : झलनाथ खनाल
बर्दघाट (नवलपरासी)- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा भएका राजनीतिक आन्दोलनबाट जनताहरूले राजनीतिक अधिकार प्राप्त गरेको भए पनि आर्थिक–सामाजिक अधिकार प्राप्त गर्न नसकेको बताएका छन् ।
समाजवादी जागरण अभियानद्वारा बर्दघाटमा आज आयोजित आमसभामा उनले राजनीतिक परिवर्तनका कारण बोल्ने, सङ्गठित हुने अधिकार प्राप्त गरे पनि वर्गीय शोषणको अन्त्य नहुँदा उनीहरूको आर्थिक रूपान्तरण हुन नसकेको बताए । उनले देशमा भोकमरी अभाव अन्त्य गर्न सके शोषण र विभेद समाप्त हुने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका सम्मानित नेता खनालले समाजमा विद्यमान शोषण पुँजीवादले अन्त्य गर्न नसक्ने भएकाले वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको विचार व्यक्त गरे ।
पार्टी महासचिव घनश्याम भुसालले पुँजीवादले सरकारी संरचना, उद्योग कलकारखाना ध्वस्त पार्ने काम गरिहेको बताउँदै पुँजीवादीहरू मोटाउँदै जाने अवस्था रहेकाले समाजवादको खाँचो रहेको बताए । उनले भने, 'मुलुकमा भ्रष्टाचार बढिरहेकाले युवाहरू विदेशमा छन् । समाजमा रहेको सम्पूर्ण विभेद तथा गलत कार्यको अन्त्य गर्ने भनेको समाजवादले हो ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया