सरकारले ल्याएको विद्युत् विधेयकलाई परिमार्जन गर्नुपर्छ : रमेश लेखक
काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदमा पेस गरेको विद्युत् विधेयक–२०८० लाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा उनले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत् उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले सो विधेयक परिमार्जन गर्नुपर्ने बताएका हुन् । उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र वैदेशिक लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
प्रमुख सचेतक लेखकले सरकारले विधेयक राम्रो ल्याएको र त्यसलाई गम्भीरतापूर्वक छलफल गरेर अघि बढाउनुपर्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया