दल

एक क्विन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलेमतो छ : ओली

इकागज |
असोज २१, २०८० आइतबार १७:५० बजे

धनगढी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन् । ९ केजी सुनलाई दुई किलो देखाएको भन्दै उनले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाए ।

सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लीन रहेको र बाहिर भ्रष्टाचार अन्त्य गर्छौं भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उनको भनाइ छ । उनले एक क्विन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलेमतो रहेको बताए ।


सरकारले भ्रष्टाचारी र तस्करी गराएको अरोप लगाए । त्यही कारण एक क्विन्टल सुन प्रकरणमा छानबिन समिति बनाऔं भन्दा सरकारले एक महिना लगाएको बताए ।

ललिता निवास काण्डमा जमिन कब्जा गर्नेलाई नभई किन्नेलाई कारबाही गरेको भन्दै उनले ललिता निवास प्रकरणलाई नै कृत्य गर्न खोजिएको आरोप लगाए । 

जनता आर्थिक मन्दीको मार खेपीरहेको बेला प्रधानमन्त्री तीर्थ भ्रमण गर्न तल्लीन रहेको ओलीकाे आरोप छ । ‘कहिले गेरु वस्त्र धारी भएका छन्, कहिले मानसरोवर घुमेका छन्,’ अध्यक्ष ओलीले भने, ‘जनता दिनप्रतिदिन समस्यामा परिरहेका छन्, सरकारले ती समस्या हेर्न पनि चाहेको छैन  ।’


Author

थप समाचार
x