Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

दल

एमालेद्वारा इजरायलमाथिको आक्रमणको भर्त्सना, नेपाली नागरिकको उद्धार गर्न माग

इकागज |
असोज २२, २०८० सोमबार १४:४० बजे

काठमाडौँ– नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणको घटनाप्रति निन्दा र भर्त्सना गरेको छ । 

‘इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा शनिबार अचानक गरिएको आक्रमणको घटनाप्रति हाम्रो पार्टी नेकपा एमाले निन्दा र भर्त्सना गर्दछ,’ सोमबार अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


अध्यक्ष ओलीले हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको निधन भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा गहिरो समवेदनाका व्यक्त गरेका छन् । 

साथै उनले घटनामा परी घाइते हुनेहरूको तत्काल उपचार, अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि फेरि नेपाल सरकारसमक्ष जोडदार माग गरेका छन् । 
 


Author

थप समाचार
x