दल

इजरायलमा रहेका नेपालीको उद्धारका लागि एमाले र राप्रपासँग सभामुखले गरे छलफल

इकागज |
असोज २२, २०८० सोमबार १५:३७ बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले इजरायलमा रहेका नेपालीको उद्धारका लागि संसदबाट विशेष प्रस्ताव पारित गर्नुपर्ने जनाएको छ । सोमबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँग छलफल गर्दै दुई दलले इजरायल घटनालाई संसदमा सघन रूपमा उठाउने भन्दै स्थगनको प्रस्ताव, सार्वजनिक महत्वको प्रस्ताव वा संकल्प प्रस्तावमार्फत छलफल गर्नुपर्नेमा जन्माएको हो ।  

इजरायलमा हमासको आक्रमणका कारण १० जना नेपालको मृत्यु भएको र त्यहाँ रहेका अन्य नेपालीहरूको अवस्थामा नाजुक भएको अवस्थामा सरकारले गम्भीरताका साथ चासो लिनुपर्नेमा आफूहरूको जोड रहेको एमाले प्रमुख सचेतक पदम गिरीले बताए । 


उनले घटनापछि सरकारले अहिले केही पनि गर्न नसकेको बताए । इजरायल घटनामा सरकार निकम्मा भएर बस्न नमिल्ने उनको भनाइ छ । 

छलफलमा राप्रपाले संसदको नियमित कार्यसूचीलाई परिवर्तन गरेर इजरायल घटनामा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।


Author

थप समाचार
x