कांग्रेस संसदीय दलको बैठक भोलि
काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि मङ्गलबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया