इजरायलमा रहेका नेपालीहरूको तत्काल उद्धार गरी नेपाल ल्याउन सरकारलाई कांग्रेसको आग्रह
काठमाडौँ- नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित रूपमा स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले नेपाल आउन चाहने नागरिकहरूलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताए । त्यस्तै गरी युद्धमा परि बेपत्ता भएका नेपाली नागरिकहरूलाई खोजी गरेर उनको स्थितिलाई सार्वजनिक गर्न पनि आग्रह गरिएको छ ।
बैठकले इजरायलमा जोखिममा परेका मानिसहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा राख्न, खान, बस्नको उचित व्यवस्था गर्न र हत्या भएका विद्यार्थीहरूको पार्थिव शरीरलाई तत्काल नेपाल ल्याएर परिवारजनलाई बुझाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले हत्या भएका नागरिकहरूलाई श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया