चैत मसान्तसम्म संगठनात्मक रूपमा एमाले तन्दुरुस्त बन्छ : सचिव भट्टराई
काठमाडौँ- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले चैत मसान्तसम्म संगठनात्मक रूपमा एमाले तन्दुरुस्त बन्ने बताएका छन् । मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले अहिले प्रदेश, स्थानीय तह, वडा र टोल अधिवेशनमा लागिरहेको र चैत्र मसान्तसम्म सबै सकेर तन्दुरुस्त बन्ने बताएका हुन् ।
सचिव भट्टराईले मधेश प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक रहेको पनि जिकिर गरे । उनले नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिए ।
एमालेले आफ्नो प्रथम मधेश अधिवेशन ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार’ मुल नाराका साथ असोज २४ र २५ गते जनकपुरधाममा गर्न लागेको हो । जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृति केन्द्रमा हुने अधिवेशनमा १ हजार २७ प्रतिनिधिहरूको सहभागिता रहने एमाले सचिव एवं मधेस प्रदेश ईन्चार्ज भट्टराईले बताए । उनले यो अधिवेशनबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रादेशिक समिति छनोट गरिने बताए ।
उनले मधेश प्रदेशको आवश्यक कुरा सुशासन भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया