दल

एमाले काठमाडौँ महानगर कमिटीले चंगा उडान प्रतियोगिता गर्ने

प्रतियोगिताका लागि समयमै नाम दर्ता गर्न अनुरोध

इकागज |
असोज २३, २०८० मंगलबार १८:२१ बजे

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी एमाले काठमाडौँ महानगर कमिटीका महानगर स्तरीय जनसंगठनहरूको संयुक्त पहलमा महानगरस्तरीय चंगा उडान प्रतियोगिता हुने भएको छ । नेकपा एमाले काठमाडौँ महानगर कमिटीको बैठकको निर्णयबमोजिम सो प्रतियोगिता हुन लागेको हो ।

अखिल नेपाल किसान महासंघ र राष्ट्रिय युवा संघ नेपालको संयुक्त आयोजनामा विजया दशमी, दीपावली, नेपाल संवत ११४४ न्यूदँया भिन्तुना, नयाँ वर्ष तथा छठको अवसरमा २०८० असोज २८ गते सो कार्यक्रम हुन लागेको हो ।


विगतमा चंगा र किसानको परम्परागत सांस्कृतिक सम्बन्ध रहेको अखिल नेपाल किसान महासंघले जनाएको छ । प्रतियोगिताका लागि समयमै नाम दर्ता गर्नसमेत आयोजकले अनुरोध गरेको छ ।

नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा काठमाडौँ महानगर इन्चार्ज रामेश्वर फुयालले एमाले पुनर्जागरण भएको कुरा व्यवहारमा देखिने गरी काम गर्नुपर्ने बताए । उनले भने, ‘नेकपा एमाले आगामी २०८४ मा हरेक वडा र पालिकामा ५१ प्रतिशत हुनुपर्छ भनी लागिपरेका छौँ ।’

महानगर कमिटी अध्यक्ष निर्मल देउलाले भूमिहीनहरूको मुद्दा उठाएपछि सरकारले निवेदनका लागि आह्वान गरेको बताए ।

उनले नेकपा एमालेले लम्की स्किन, भूमिहीनका समस्या उठाउँदै आएको बताए । महानगर कमिटीले लम्पी स्किनबारे सरकारको ध्यानाकर्षण गराउन काठमाडौँमा प्रदर्शन गरेको थियो । सोहीको प्रभावमा सरकारले किसानलाई क्षतिपूर्तिसमेत दिएको थियो ।

नेकपा महानगर कमिटीले कामनपा वडा नम्बर १३ मा जननेता मदन भण्डारीको ७२ औँ जन्मोत्सवको अवसरमा कालीमाटी टंकेश्वर क्षेत्रको विष्णुमती करिडोर टेकुमा वृक्षरोपण गरेको छ ।

कमिटीले अखिल नेपाल महिला पहिलो अधिवेशनको अवसरमा झाँकीसहित स्थानीय बाजागाजा तथा झाँकी प्रस्तुत गर्दै आएको छ । महानगर कमिटी जनताका समस्या समाधानका सदैव अग्रणी स्थानमा रहँदै आएको छ । पूर्वसांसद तथा काठमाडौँ जिल्ला सचिव राजेश शाक्यले संगठन चलायमान हुनुपर्ने बताए । लक्ष्य प्राप्तिका लागि आफैँले आफूलाई मूल्यांकन गरेर अघि बढ्नुपर्ने उनले बताए ।

उनले भने, ‘संगठन चलायमान बनाउनका लागि नियमित बैठक बस्ने गरौँ । लक्ष्य प्राप्तिमा लागि स्वमूल्यांकन गरी अघि बढ्नुपर्छ ।’

यस्ता छन् चंगा चैट खेलका नियम:

१.१०० जना मात्रै प्रतियोगीलाई सहभागी गराइने,
२. लट्टाइ र धागो आफैँले ल्याउनुपर्नेछ,
३. नाइनल र सिलिकनको धागो लैजान नपाइने
४.आयोजकले नै चंगा उपलब्ध गराउने, आफैँले ल्याएको चंगालाई मान्यता नदिने,
५. प्रतियोगीहरूको नाम र ठेगाना २७ गतेभित्र दिनुपर्ने,
६. प्रतिस्पर्धाका लागि समय १५ मिनेट मात्रै हुनेछ,
७. एक पटकमा १० प्रतियोगीहरूलाई मात्र सहभागी गराइने, जसबाट एक जना मात्रै छानिने,
८. छानिएका मध्येबाट अन्तिम राउन्ड चंगा उडान गरिने ,
९. अन्ति प्रतिस्पर्धाबाट प्रथम, द्वितीय र तृतीय छनोट गरिने ।


Author

थप समाचार
x