रास्वपाका पूर्व जिल्ला सभापति प्रभु साहको पार्टीमा प्रवेश
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता आम जनता पार्टीमा प्रवेश गरेका छन् । चितवन जिल्लाका रास्वपाका पूर्व सभापति धर्मेन्द्र सापकोटा आज आम जनता पार्टीमा प्रवेश गरेका हुन् ।
आजपाका अध्यक्ष प्रभु साहले उनलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेको सो पार्टीका कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।
उनका अनुसार चितवन जिल्ला भरतपुर निवासी सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलीभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका एक बौद्धिक व्यक्तित्वको रूपमा परिचित रहेका छन् ।
विद्यमान पुरानो पार्टीहरू देश बर्बाद गर्न लागि परेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसुस गरेर यो पार्टीमा प्रवेश गरेको उनले प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया